राजनीति

बि आर आईमा रेल र रोड मात्रै पर्दैन : सहमहामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाशशरण महतले बि आर आई भित्र रोड र रेल मात्रै पर्छ भनेर बुझ्न नहुने बताएका छन । सहमहामन्त्री महतले बि आर आई भित्र धेरै कुरा पर्ने तर सरकारले रेल रोडको मात्रै प्रचार गरेका कारण जनताले त्यो बाहेक अरु पर्दैन कि भनेर बुझेको पनि बताए ।

काठमाडौंमा बि आर आईको सम्बन्धमा केन्द्रित भएर गरिएको अन्तरक्रिया कार्यक्रममा डा. महतले सरकारले बिदेशी लगानि लिदा आफ्नो देशको स्वार्थलाई केन्द्रमा राखेर सन्धी सम्झौता गर्नुपर्ने जिकिर गरे । उनले अहिलेको सरकारले त्यो दिशा तिर नगएको पनि स्पष्ट पारे। हामीले अन्य देशको सहयोग लिदा अर्को देशलाई के हुन्छ भनेर सोच्न जरुरी भएको भन्दै आफ्नो देशलाई फाइदा हुने कुरा सहर्ष स्विकार गर्नुपर्ने बताए ।