समाचार

पारस खड्काले गरे टिभिएस १२५ सिसि मोटरसाइकलको सार्वजनिक

कास्की । जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस ब्राण्डको एक अर्को श्रृंखला टिभिएस म्याक्स सेमी ट्रृेल १२५ सिसिको बिक्री शुभारम्भ गरेका छन् । कम्पनीको उपाध्यक्षश्री दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका छन् । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उनीहरुले उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी दिए ।

यो मोटरसाईकलको विशेषता अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजीहो जसर्ले बाटोघाटो जस्तै अवस्थाको भएपनि चलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाए पनि थकाई लाग्ने हुँदैन । यही कारणले नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस ब्राण्डको यो नयाँ १२५ सिसिको म्याक्स मोटरसाइकल उपलब्ध गराएको हो ।