आर्थिक

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीनदिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुल दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मकालागिलागू गरिएको छ ।