खेलकुद

मच्छिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।

मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे । उनले खेलको ९०औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए ।

मच्छिन्द्रले चार खेलमा ९ अङ्क जोडेको छ । समान ९ अङ्क नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।