राजनीति

नबिन्दराजको टिप्पणीः ओली सरकार संबिधानको मर्म र भावना अनुसार चलेन

विराटनगर । नेपाली काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य जोशीले सहमतिमा महाधिवेशनको मिति घोषणा गर्न र पार्टीका कार्यकर्ता एक ढिक्का भई अगाडि बढ्नु पर्छ भने ।

काँग्रेसभित्र पछिल्लो समय सभापति शेरबहादुर देउवाले गलत परिपार्टी बसाउँदै एकलौटी निर्णय गरेर परम्परा बिगार्न खोजेको भन्दै उकलौटी गरिएका निर्णय खारेजीको बिकल्प नभएको बताएका छन् ।
पूर्ब उद्योगमन्त्री समेत रहेका नेता जोशीले काँग्रेसको महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै त्यसबाट काँग्रेस बलियो भएर जाने जिकिर गरेका छन् ।