पु.समाचार

बलात्कारको आरोप लागेका सिद्धबाबा ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

इनरुवा । सुनसरीको बराहक्षेत्रमा अड्डा जमाएर बसेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ । महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले उक्त धरौटीमा छाड्ने आदेश दिएको हो ।

मंशिर १६ गते बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाले आफूलाई फसाईएको आरोप लगाउँदै आएका छन् भने उनका भक्तहरुले पनि सिद्धबाबा सही आरोप लगाउने महिला गलत भएको बताउँदै आएका छन् ।

केहीदिन अगाडी यिजल्ला अदालत अगाडी सिंद्धबाबाको समर्थन र बिरोधमा जुलुस निकालिएको थियो । बलात्कारको आरोप लगाउने महिला समेत सिद्धबाबाकी भक्त हुन् ।