राजनीति

रावलको आफ्नै सरकारसँग असन्तुष्टीः नेकपाले चुनाव अघि जनतासँग गरेका बाचा पुरा गरेन

काठमाडौ । नेकपा नेता तथा सूदुरपश्मि संयोजक भीम रावलले जनताले चुनावमा अत्यधिक मतले जिताएकाले किसानलाई उखुको मूल्य तुरून्त उपलब्ध गराउन सरकारले पाइला चाल्नुपर्ने बताएका छन् । आफ्नै पार्टीको सरकार भएपनि किशानको समस्या समाधान नभएकोमा सरकारको नेतृत्व गर्नेहरुसँग असन्तुष्ट हुँदै नेता रावलले किसानहरूले पसिना बगाएर उत्पादन गरेको उखुको मूल्य मिल मालिकहरूले नदिने कुरा अत्यन्त दुःखद् र आपत्तिजनक भनेका छन् ।

पहिले जहाँ–जसले किसानका कुरा नसुने पनि नेकपाले सुन्छ भनेर नेकपाले चुनाव अगाडी प्रचार गरिएपनि अहिलदे उखु किसानहरु माईतीघरमा आन्दोलन गर्न आउनुपर्ने समय आउनु दुःखद भएको नेता रावलको भनाई छ । उनले चुनाव अघि बोल्ने तर जितेपछि पुरा नगर्ने परिपाटी नेकपामा देखिएको संकेत गर्दै पहिला जिताउने जनताले अहिले भनेजस्तो काम नगरे पछि हराउन सक्ने तर्क गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेकाछन्, ‘किसानहरूले पसिना बगाएर उत्पादन गरेको उखुको मूल्य मिल मालिकहरूले नदिने कुरा अत्यन्त दुःखद् र आपत्तिजनक छ । पहिले जहाँ–जसले किसानका कुरा नसुने पनि नेकपाले सुन्छ भनेर जनताले चुनावमा अत्याधिक मतले जिताएकाले किसानलाई उखुको मूल्य तुरून्त उपलब्ध गराउन सरकार पाइला चालोस् ।’