पु.समाचार

गरिब जाडोले कठ्याङग्रीनु, मन्त्री मुखै छाप्नेगरी मालाले ढाकिनु, ढाक्नेलाई भन्दा देख्नेलाई लाज !

काठमाडौं । समय–समयमा कुनै न कुनै राजनितिक दलको व्यक्ती देखी लिएर उच्च पदस्थको हरेक क्रियाकलापले सामाजिक सञ्जाल तात्ने गरेको छ ।

सामाजिक सञ्जालले संसारलाई यति साँघुरो बनाई दिएको छ कि हरेक सानो देखी ठुलो घटना क्षणभरमै भाईरल भईदिएको हुन्छ । या त त्यो स्वदेशी होस् या विदेशी । यस्तै अहिले यउटा विषयले सामाजिक सञ्जाल पुरै तातेको छ ।

विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता देखी सर्वसाधारण जनतासम्मले त्यो विषयलाई आ–आफ्नै ढंगले व्याख्या गरेका छन् । जुन विषय हो सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल वास्कोटाको । उनको एक तस्विरले यतीबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायत भरिभराउ भएको छ, उच्चदस्थ व्यक्ती तथा सर्वसाधारणले आक्रोसित हुँदै विभिन्न प्रतिकृया दिएका छन् ।

कति ले सकारात्मक टिप्पणी गरेपनि धेरैले उक्त तस्विरको आलोचना गरेका छन् । तस्विरमा उनको पुरै शरिर मालाले भरिएको छ । उनको अनुहार पनि राम्रोसंग देख्न नसक्ने अवस्था छ । त्यो तस्विरमा को हो भनेर ठम्याउनै गाह्रो पर्ने देखिएको छ ।

भने संगै उनको फोटोलाई जोडेर कांग्रेस नेता धनराज गुरुङले एक गरिब विपन्न परिवार परालको सिरक ओेढेर सुतिरहेको तस्विर राख्दै स्टाटसमा यस्तो लेखेका छन्ः नेपाली नेताहरुको मनोदशा र गरीब जनताको दुर्दशा“ यी दुइवटा तस्विर आफैं वोल्छ । जो उनले तस्विरमा उल्लेख गरेका छन् ।

 

यस्तै राप्रपाका अध्यक्ष कमल थापाले ट्वीटरमा फोटो सिएर गर्दै यस्तो लेखेका छन्ः उहाककको परिचय पाउन

 

यस्तै अर्का साझा पार्टीका प्रवत्ता सुर्यराज आचार्यले पनि सामाजिक सञ्जालमा उक्त तस्रिको आलोचना गर्दै यस्तो लेखेका छन्ः यो फोटोले नेताजीको अनुहार चैं चिनिने गरी देखाएन । तर नेपाली राजनीतिको विकृत अनुहार चैं गज्जबले देखाईदियो ।

 

यति मात्रै होईन विभिन्न सर्वसाधारण पेसाकर्मी, व्यवसायी, विद्यार्थि लगायत विभन्न व्यक्तिले उक्त विषयमा विभिन्न तर्क वितर्क गर्दै आलोचना गरेका छन् । साथै सबैले सामाजिक सञ्जालमा उक्त तस्विर देखिसकेपछी ओली सरकारको चर्काे आलोचना पनि गरेका छन् ।

यकातिर जाडोले कठ्याङग्रीएर गरिब जनता मरीरहेका बेला सरकारका प्रवक्ता मालाले छोपिनुले मुलुकमा शक्तिसाली सरकार जनताका काम गर्नुभन्दा पनि जनताको खोक्रो सम्मान पाउनमै व्यस्त देखीएको छ ।  यतिमात्रै होईन भारतद्धारा नेपाली भुमि मिचिएको अवस्थामा विवाद सुल्झाउनुको साटो आफनो सम्मानमा हिँड्नुले सरकारलाई मुलुकको कुनै चिन्ता छैन कि भन्ने प्रश्न उब्जीन्छ ।