समाचार

कानुन हातमा लिने नेविसंघ वा अखिल जो भए नी कारबाही गर्नैपर्छ: प्रवक्ता शर्मा

काठमडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व्रकाश शर्माले कानुन हातमा लिने जो कोही पनि अपराधि भएको बताएका छन् । प्रवक्ता शर्माले कानुन हातमा लिने त्यो चाहो पार्टी निकट  नेविसंघ होस् वा अखिल  जो भएपनि कारबाही हुनुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले यस्तो बताएका हुन् । बेथिती विरुद्ध आवाज उठाउनु विद्यार्थीको कर्तव्य भएको तर शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने अखाडा होइन भन्ने तथ्य विद्यार्थीले बुझ्नुपर्ने उनको भनाई छ ।

हिजोमात्रै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको थियो । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो ।

राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका विषयमा ध्यानाकर्षण गराउने क्रममा उपकुलपतिले पार्टीको दबाब छ भनेपछि तोडफोड नेविसंगको बताएको थियो ।

 

उनको ट्वीटरः नेविसंघका हुन् या अखिलका, त्रिचन्द्रको घटना होस् या त्रिविविको, दण्डित गरिनुपर्छ तिनलाई जसले कानुन हातमा लिए । 
 । बेथिती विरुद्ध आवाज उठाउनु विद्यार्थीको कर्तव्य हो तर शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने अखाडा होइन भन्ने तथ्य विद्यार्थीले बुझ्नुपर्छ ।