पु.समाचार

आजदेखी पहाडी क्षेत्रमा चिसो बढ्ने र तराईमा लागेको हुस्सु केहि कम हुन्छः मौसमवीद

काठमाडौं । पुष महिना सुरु भएदेखी मुलुकभर अत्यधीक चिसो बढेको छ । तपाईका जिल्लाहरुमा वाक्लो कुहीरो र हुस्सु भने हिमालि तथा पहाडी भेगमा बाक्लो हिमपतले नागरीकको जनजिवन प्रभावीत भएको छ ।

यति मात्रै होईन अत्यधी चिसो का कारण मुलुकका विभिन्न जिल्लाहरुमा बालबालीकाको स्वास्थ्यलाई मध्यनजर गर्दै शैक्ष्कि संस्थाहरुपनि केहीदिनका लागि बन्द गरीएको छ । साथै चिसोले कठ्याङग्रीएर र आगोताप्ने क्रममा जलेर कयौंले ज्यान समेत गुमाएका छन् ।

यता राजधानी काठमाडौंमा पनि अत्यधीक चिसो वढेको छ । दिउँसोको समयकमा केही राहत हुने गरेपनि बिहान– र बेलुका अत्यन्तै चिसो हने गरेको छ । उता तपाईका जिल्लाहरुमा केहीदिनदेखी सुरु भएको बाक्लो हुस्सु तथा कुहीरो अँझै हट्न सकेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखी पहाडी क्षेत्रमा चिसो केहि बढ्ने र तराईमा लागिरहेको हुस्सु केहि कम हुने सम्धावना रहेको छ । मंगलबारदेखी पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले पहाडी भुभागका केहि स्थानमा हल्का पानी पर्ने र हिमाली भुभागमा हिमपातको सम्भावना रहेको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ । पश्चिमी तराईमा बाक्लो हुस्सु लागेपछी जनजीवन प्रभावित भएको छ । यस्तै पोखराको न्यूनतम तापक्रम ५.५, धनकुटाको ६.७, विराटनगरको ४.२ तथा दिपालयलको ३.६ डिग्री सेल्सियस मापन भएको छ ।

यस्तै चिसो गराउने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ ।

तर हिजोको तुलनामा आज चिसो हावा बहने क्रम केही कम भएको छ । यसले गर्दा काठमाडौँ उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढेको छ ।