पु.समाचार

छिमेकि मुलुक भारतको बदमासीः स्थानीय नभएको मौका छोपी हडप्दै नेपाली भु–भाग

काठमाडौं । कुनै न कुनै बहाना होस या मौकामा नेपाली भुमिमा गिद्धेनजर लगाउने भारतको कमद कुनै नौलो त होईन । तर पछिल्लो समय यो विषयम निकै उग्र बन्दै गैरहेका हामी देख्न सक्छौं । नेपाली भुमि अतिक्रमण गरी संचनाहरु बनाउने कार्यलाई भारतले पछिल्लो पल्ट निकै तिब्रता नै दिएको छ । नेपाली भुमी दिन–प्रतिदिन हडप्ने काम नेपालको छिमेकी मुलुक भारताट हुँदै आएको छ ।

केही समय अघि मात्रै नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनीक गरेपछि त्यस्तो बिरोध दैनिकजसो भैरहेको छ । नेपाली भुमि फिर्ताको माग गर्दै राजधानी लगाएत मुलुकभर चर्काे बिरोध भैरहेको छ । यो विषयको समस्या समाधान हुन नपाउँदै नेपालका अन्य भु–भागहरुपनि भारतले कब्जा गरेको भन्ने समाचार धेरै नै आईसके । यस्तै भर्खरैमात्रै नेपाली भुमिमा त्यो पनि नेपाललाई जानकारिनै नगरि नया संरचाना निर्माण गरेको खुलशा भएको छ ।

यो खबर हो नेपाल को दार्चुला जिल्लाको । दार्चुला को व्यास गाउँपालीका स्थित सिमा जोडीएका र अत्यन्त हिँउपर्ने चिसो नेपालको भुमीमा भारतको नजर परेको सार्वजनीक भएको छ । व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । अत्यधिक चिसो भएसंगै त्यहाँका स्थानीय चिसो छल्न अन्यत्रै सरेको मौका छोपी त्यस्को फाईदा भारतले उठाउने गरेको पाईएको छ ।

भारतले व्यास गाउँपालीका क्षेत्रका वासिन्दा नभएको मौका छोपी त्यहाँ नयाँ–नयाँ संरचनाहरु निर्माणलाई तिब्रता दिएको छ । यति मात्रै होईन नेपाललाई असर पुग्ने गरी विकाश निर्माणका कार्यमा जुटेको खुलाशा भएको छ । यस्तै उता पस्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कलापानी अतिक्रमण गरी आफनो नक्समा सार्वजनीक गरेको भारतले कोही नभएको मौका छोपेर एक पक्षिय संरचना बनाएको छ ।

नेपालका विभिन्न मुलुकमा अनुमती बिनै आफ्नै मनमर्जिले विभिन्न खोलाहरुका एकतफि काठेपुल, मोटरबाटो निर्माण समेत गरेको छ । तर पनि नेपाल सरकारका तर्फबाट यतिठुलो संवेदनशिल विषयवस्तुमा कुनै चासो नै देखिदैन । उता व्यास गाउँपालीका १ पेल्सित नजिकै महाकाली नदिमा काठेपुल बनाएको भेटिएको छ यतिमात्रै होईन नदिलाई असर पुग्नेगरी सडक निमार्ण गरेको पाईएको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो । मुलुकमा अत्यधीक चिसो बढेको र हिँमपात बडेपछि त्यहाँका वासिन्दा आफनो घर छोड्न वाध्य छन् जस्तो फाईदा भारतीय पक्षले उठाएको छ ।

व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी पनि चिसो सहन नसकेर प्रहरी पोष्ट छाडेर हिँडेपछि झनै सहज भएको छ भारतलाई आफनो मनको गर्न । प्रहरी मंसिर तेस्रोसाता दुम्लिङ गएको र माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए ।

४–५ दिनअघि व्यास क्षेत्र जाने बाटो निर्माणको सर्भे चाररपाँचे सर्भे गर्न गएको टोलीका प्रतिनिधिहरू भारतीय पक्षले निर्माण गरेको पुल भएरै नेपाल–भारत आवतजावत गरेको बताएका छन् । टोलीमा सहभागीले नेपाल र भारत आवत–जावत गर्न भारतीय पक्षले काठेपुल निमार्ण गरेको बताएका छन् । तर यो विषयमा भने नेपाल सरकार अनबिज्ञ  मात्र होईन जानकार नै छैन र चासो पनि दिएको छैन ।

भारतले सन् २०२० भित्र लिपुपास (लिपुलेकबाट तिब्बत) सम्म र्पुयाउन आफ्नो सीमातर्फ ठाउँठाउँमा सडक निर्माण गरिरहेको छ । भीर भएको क्षेत्रमा दुवैतिर कटान गरेर सडक निर्माण तीव्र गतिमा बढाइरहेको व्यासका स्थानीयको भनाई छ । यसअघि पनि नेपालको अनुमतिनै नलिईकनै आफुखुशि अन्तर्रा्ष्ट्रिय सीमा नदीमा पुल निर्माण गर्न एक्स्काभेटरले बाटो खनेपछि विवाद भएको थियो ।

भारतले नदीमा पुल राख्नका लागि कैलाश मानसरोवर जाने यात्रु, दुवै देशका स्थानीयको आवतजावतलाई आधार बनाएर औपचारिक प्रक्रियाबाट पुल निर्माण गरेको बताएपनि उसको सडक निर्माण परियोजनालाई बढी फाइदा पुगेको थियो । यो पाली भने भारतले नेपाललाई कुनै जानकारी नगराई कनै काठेपुल निर्माण गरेको छ ।

सिमाक्षेत्रमा कोही नभएको मौकाको फाईदा नराम्ररी उठाएको छ भारतले । तर यस विषयमा नेपाल सरकार लगाएत उच्च पदमा बसेका व्यक्तिलाई न कुनै जानकारी छ न त चासो नै । यो कुरा मात्रै होईन नेपाली भुमि लाई आफनो नक्सामा सार्वजनीक गर्दा समेत भारतको बिरोध जान नसक्ने हुतीहारा सरकारको अरु कुरामा झनै के नै आशा गर्न सकिन्छ होला । नेपाल सरकारको यही कमजोरी पनाको फाईदा छिमेकि देशलाई भएको छ । सिमा विवाद समाधानको प्रकृयामै रहेको बताउने सरकार नेपालका विभिन्न क्षेत्रमा भारतको हस्तक्षेपका बिरुद्धमा चु, पनि बोल्न सकेको छैन ।