अन्तर्राष्ट्रिय

‘५५ प्रतिशत लेबनानी गरीबीको रेखामूनि’

एजेन्सी । लेबनानी कुल जनसङ्ख्याको झण्डै ५५ प्रतिशत नागरिक गरीब रहेका लेबनानबारे गहिरो अध्ययन गरेका एक जना अनुसन्धाताले बताएका लेबनानको एलबीसीआई टिभीले आइतबार जनाएको छ । “लेबनानी जनसङ्ख्याको एक चौँथाइ जनसङ्ख्याले उनीहरूका लागि आवश्यक पर्ने निम्नतम खाद्यान्नको मागलाई पूरा गर्न कठिनाई पर्ने गरेको र ३० प्रतिशत नागरिकमा मात्र खाद्यान्नको अभाब नहुने तर खाद्यान्न बाहेक उपचारका लागि पनि थप खर्च नरहने गरेको छ,” अन्तर्राष्ट्रिय सूचनासम्बन्धी संस्थाका अनुसन्धाता मोमम्मद चामसेद्दिनले बताएका छन् ।

चाम्सेद्दिनका अनुसार २५ प्रतिशतभन्दा बढी लेबनानी वेरोजगार रहेका छन् । उनले भने, “यदि सरकारले मुलुकमा गरिबी निवारणका लागि आर्थिक तथा वित्तीय बिषयमा छिटो समाधान नखोज्ने हो भने यो तथ्याङ्क बढ्ने निश्चित छ ।” नले थपे, “विगत दुई महिनाको अवधिमा करिब १० हजार मानिसको रोजगारी गुमिसकेको छ ।”

लेबनान अहिले गम्भीर आर्थिक तथा वित्तीयरूपमा फसेको र यसका लागि विगत ३० वर्षका सरकारको नीतिगत असफलता मान्ने गरिएको छ । सरकारले उद्योग तथा कृषिजस्ता उत्पादन क्षेत्रमा खासै गम्भीरता नदेखाउनु नै लेबनानको आर्थिक सङ्कटका मुख्य कारक मानिन्छ ।