अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय शरणार्थी निकायद्वारा लिवियाली सर्वसाधारणको रक्षाका लागि आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयोग (यूएनएचसीआर) ले आइतबार लिबियामा सैन्य द्वन्द्वका कारण निम्तिएको खतराबाट सर्वसाधारणको रक्षाका लागि आग्रह गरेको छ । “लिवियाली नागरिक तथा आप्रबासी शरणार्थीलाई हिरासतमा दुव्र्यवहार भएको र आयोगको यस तथ्यप्रति ध्यानाकर्षण भएको जनाउँदै अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकारको सम्मान गर्न अनुरोध गर्छ,” आयोगले एक विज्ञप्तिमा भनेको छ ।

यूएनएचसीआर त्रिपोलीदेखि ४५ किलोमिटर टाढा जाविया सहरमा रहेको आन्तरिक शरणार्थी शिविरमा हालै भएका हवाई आक्रमणप्रति पनि चासो व्यक्त गरेको छ । द्वन्द्व प्रभावित क्षेत्रबाट भागेर शरण लिन पुगेका लिवियाली नागरिकलाई पक्राउ गरिएका सबै जनालाई कानूनसम्मत तरिकाले रिहा गर्नसमेत यूएनएचसीआरले आग्रह गरेको छ । राष्ट्रसंघीय उक्त संस्थाले आवश्यकता अनुसार शहरी क्षेत्रमा रिहाईका लागि सहयोग गर्न आफू तयार रहेको जनाएको छ ।

यूएनएचसीआरले लिबियामा पछिल्लो समय सर्वसाधारणको सुरक्षामाथि चुनौती खडा भएको र निर्दोष व्यक्तिहरू पनि पक्राउ परेका वा मारिएका भन्दै मानवीय सुरक्षामा संवेदनशील बन्न सरकारलाई आग्रह गरेको हो ।

लिवियामा सामुद्रिक क्षेत्रबाट पक्राउ गरिएका आप्रबासीहरू समेतलाई राखिएकोले लिवियाली शिविरहरूमा क्षमताभन्दा बढी भीड रहेको छ ।लिवियामा गत अप्रिलदेखि भउका सैन्य कारबाहीमा हजारौ मानिस मारिएका छन् भने एक लाख २० हजार व्यक्ति वस्तीबाट विस्थापित बनेका छन् ।