खेलकुद

सहिद स्मारक ए डिभिजन लिगका चौथो चरणका सम्पुर्ण खेल एन्फा कम्प्लेक्समा

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणका सम्पुर्ण खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गर्न लागेको छ । सोमबार न्युरोड टिम एनआरटी र मछिन्द्र क्लब तथा फ्रेन्ड्स र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फाले यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा एक–एक खेल सञ्चालन गर्दै आएको थियो । तर नेपाल सरकारले भिजिट नेपाल २०२० ९पर्यटन बर्ष० दशरथ रंगशालामा मनाउने भएपछि खेल एन्फा मैदानमा सरेको हो । एनआरटी र मछिन्द्रबीचको खेल साढे ११ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा फ्रेन्ड्स र पुर्व च्याम्पियन मनाङ दिउँसो ३ बजे भिड्नेछन् । अपराजित मछिन्द्रले तीन खेलबाट ६ अंक जोडेको छ । गत सिजन १३ औंं स्थानमा रहेका कारण मछिन्द्रले १ अंक गुमाएको छ । एनआरटी पनि गत सिजन लिगको पुछारमा रहेकाले दुई अंक गुमाएको छ । त्यसैले तीन खेलबाट उसको ४ अंक मात्रै छ ।

पहिलो खेलमा एनआरटीलाई पराजित गर्दै मछिन्द्र क्लबलाई कम्तिमा दुई घण्टाका लागि शीर्ष स्थानमा उक्लिने मौका छ । यता, लिगको शीर्ष स्थानमा रहेको मनाङको ९ अंक छ । तीनै खेलमा पराजित फ्रेन्ड्सले अंक जोड्न सकेको छैन । फ्रेन्ड्सलाई पराजित गर्दै लिग तालिकामा नेतृत्व गर्ने अवसर मनाङलाई छ ।