समाचार

बिप्लप समुहका विद्यार्थी नेता पक्राउ

ललितपुर । सरकारले प्रतिबन्धित गरेको ने.क.पा. बिप्लव समूहका अखिल क्रान्तिकारी ललितपुरका सचिव अनुपम भन्ने ललितजंग बम र सह-सचिव निश्चल भन्ने मान ब. तिरुवा पक्राउ परेका छन् ललितपुर जिल्ला अन्तर्गत बिभिन्न स्थानहरूमा राज्य बिरुद्ध द्वेस फैलाई, बिप्लव समूहमा आवद्ध हुनुपर्छ भनि स्थानिय व्यक्तिहरूलाई डर त्राशमा पारेको भन्ने सूचनाका आधारमा पक्राउ परेका हुन् ।

बमलाई फेला पारी सामान्य सोधपुछ गर्दा सार्वजनिक स्थानमा सुरक्षाकर्मी माथि अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेकोले तत्काल पक्राउ गरी महानगरिय प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भईरेहको ।