स्वास्थ्य

ग्रिनहिल सिटी समाजलाई कृषि विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण) लाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको बताए ।

समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताउंदै बैंक परिवारलाई धन्यवाद ब्यक्त गरे । कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयालले आफ्नो वडा भित्रको सरसफाई कार्यमा सहयोग आएकोमा खुसी ब्यक्त गरे ।