राजनीति

देउवा जनतामा आलोचित छन्, उनको नेतृत्वबाट काँग्रेस बलियो हुन असम्भबः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले सभापति शेरबहादुर देउवाबाट काँग्रेस एक ढिक्का हुने कुरा कल्पना भन्दा बहिरा भएके ठोकुवा गरेका छन् । काँग्रेसका संस्थापक नेता बीपी कोईरालाका काँन्छा पुत्र समेत रहेका डा कोईरालाले एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा सभापति देउवाले काँग्रेसमा रहेको सहमती, सहकार्य र एकताको परम्परा तोडेको आरोप लगाउदै केन्द्रीय समितिको बहुमतको आडमा गरिएका निर्णय नसच्याईएसम्म आफूहरु कुनैपनि प्रकारका बैठकमा उपस्थित हुन नसक्ने दाबी गरेका छन् ।

डा कोईरालाले सभापति देउवा पार्टीकार्यकर्ताकाबीचमात्र नभएर जनताकाबीच समेत आलोचनाको केन्द्रबिन्दूरहेका कारण उनीबाट पार्टी बलियो हुन नसक्ने प्रमाणित भईसकेको दाबी गर्दै कुनैपनि प्रकारको वार्तामा बस्नका लागि शु्रकबार गरिएका अलोकतान्त्रीक निर्णय सच्याउन चेतावनी दिएका छन् । सभापति देउवाले २६ गते मंसिरबाट पौडेल पक्षले धेरैपटक केन्द्रीय समिति बैठक बहिस्कार गरेपछि शुक्रबार बहुमतले बिभागहरुको संख्या थप्ने, तरुण दलको समय ६ महिना थप्ने लगायतका निर्णय गरेपछि बरिष्ठ नेता पौडेल पक्ष सभापति देउवा पक्षसँग पानी बाराबारको अवस्थामा छ । यति हुँदाहुँदैपनि बरिष्ठ नेता पौडेल पक्षले पार्टी फुटको अवस्थामा भने नआउने दाबी गरेको छ ।

सभापति देउवासँग पुर्ब संस्थापन पक्षको ध्रुबिकरण तीब्र रुपमा देखिएको छ । पं्रकाशमान सिंह र डा कोईरालालाई छेउमा राखेर बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग वार्ताको वातावरण समाप्त भएको शनिबार नै डा शसाँक कोईरालाको निवास महाराजगंजमा पत्रकार सम्मेलन गर्दै बताएपछि काँग्रेसको आन्तरिक लडाईं छताछुल्ल भएको छ । काँग्रेसबृतमा दुई गुटका नेता कार्यकर्ता आफ्ना गुटका समर्थनमा ताली बजाउन व्यस्त देखिएका छन् । १४ महाधिवेशनको कार्यतालीका मंशिरमा राख्नुपर्नेबाहेकमा वार्ता गर्न नसकिने भन्दै सभापति देउवासँग चिढिएर बसेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देउवा पक्षको पछिल्लो बहुमतको निर्णयपछि तनावमा छ ।