खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग : नेपाल पुलिस क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले दुवै गोल दास्रो हाफमा गरेको हो । पहिलो हाफमा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो । पुलिसका अञ्जन राईले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिनु परेको थियो । दोस्रो हाफमा पुलिसले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । खेलको ४६औँ मिनेटमा पुलिसका लागि सुमन लामाले गोल गर्नुभएको थियो भने ७९औँ मिनेटमा भोलानाथ सिलवालले गोल गरे ।

सिलवालले खेलको अतिरिक्त समयमा अर्को गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसका सुमन लामा भयो । उनलाई गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले ट्रफी वितरण गरे । पुलिसले चार अङ्क बटुलेको छ । लगातार तीन खेलमा पराजय भोगेको सरस्वती क्लब अङ्क तालिकाको अन्तिम स्थानमा छ ।