खेलकुद

आफ्नै घरेलु मैदानमै हार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । बिहिबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

चेल्सीको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन माइकल ओबाफेमी र नाथन रेडमोन्डले एक एक गोल गरे । खेलको ३१ औं मिनेटमा ओबाफेमीले गोल गर्दै साउथह्याम्पटनलाई १(० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई २(० को जित दिलाए ।

घरेलु मैदानमा पराजित भएपनि चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । चेल्सीले १९ खेलमा ३२ अंक जोडेको छ । १९ खेलमा २१ अंक जोडेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ । अर्को खेलमा आर्सनलले बर्नेमाउथसँग १(१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

खेलको ३५ औं मिनेटमा डान गोस्लिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

बराबरीसँगै ११ औं स्थानको आर्सनलले १९ खेलमा २४ अंक जोडेको छ । बर्नेमाउथ २० अंक जोडेर १६ औं स्थानमा रहेको छ । लिग अन्तर्गत नै क्रिस्टल प्यालेसले वेष्ट ह्यामलाई २(१ ले पराजित गर्दा एभर्टनले बर्नलीलाई १(० ले हराएको छ । एस्टन भिल्लाले नर्विचलाई १(० ले हराउँदा सेफिल्ड र वाट्फोर्डले १(१ को बराबरी खेल्दै अंक बाडेको छ ।