प्रवास

अमेरिकामा नेपालीहरुले क्रिसमस (ईसाई पर्व) हर्सौल्लास साथ मनाए

काठमाडैं । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले हर्सौल्लास साथ क्रिसमस (ईसाई पर्व) भब्य रुपमा मनाएका छन् । अमेरिकाका विभिन्न राज्य र शहरमा समय फरक हुनाले क्रिसमस पर्व मनाउने क्रम जारी रहेको छ ।

ईसाईहरुको सर्वाधिक ठूलो पर्व भएता पनि नेपालीहरुको जनघनत्व वृद्धिको साथै दोश्रो पुस्ताले यसलाई ठूलो पर्वको रुपमा लिने गरेका छन् । जस्तो देश उस्तै भेष भने झैँ हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाई रमाइलो गरेका छन् ।

अमेरिका मनाइने बिभिन्न चाड पर्वलाई नेपालीहरुले मनाउनुको साथै नेपालीहरुका आफ्ना मुख्य र महत्वपूर्ण चाडपर्वहरु दशैँ ,तिहार ,तिज ,नया बर्ष ,छठ ,नेपाल सम्बत ,ल्होछार पर्व आदी इत्यादीलाई उतिकै श्रद्धा तथा भक्तिका साथ मनाउदै आई रहेका छन् ।

र आफ्ना छोराछोरीलाई आफ्ना संस्कृति,चाडपर्व ,भाषा परम्परालाई उत्तिकै उच्च प्राथमिकताको साथ अमेरिकामा बसोबास गर्ने आमाबुवाहरुले उनीहरुलाई नेपाली चाडपर्व बारे शिक्षा दिन कुनै कसर बाकि राखेका छैनन् ।

हाल आएर अमेरिकामा तीन पुस्ते परिवारहरु एकसाथ बस्ने प्रचलनमा समेत वृद्धि हुन् थालेकोले यस्ता चाड पर्वमा जम्मा भई क्रिसमसलाई महत्वका साथ मनाएका समाचार प्राप्त भएका छन् ।

क्रिसमसका केही दिन अगाडी देखि नै चहल पहल सुरु हुने हुन्छ । साथै अमेरिकाभरका बिभिन्न राज्य तथा शहर बजारका चोकहरुमा सजावट गरिएका स्थानहरुमा सपरिवार सहित घुमघाम गर्दछन ।

खुशीको र बर्ष दिनमा आउने क्रिसमस भएकोले नेपाली समुदायले पनि क्रिसमसमा आफ्ना साथीभाई आफन्त परिवार बीच शुभकामना आदान प्रदान समेत गरेका छन् । क्रिसमसको अघिल्लो दिन अर्थात् क्रिसमस ईभ ९संघार०मा आफन्त ,साथीभाई ,इष्टमित्र परिवार भेटघाट गरि मनोरंजन गरेका छन् ।

नेपाली समुदायले अमेरिका भर क्रिसमसका दिन उपहार कोसेली लिएर जाने ,खाना खाने र खुवाउने समेत गरेको समाचार छ । नेपालमा तिहार झैँ झिलिमिली पार्ने ,घर सिंगार्ने ,सफा सुग्घर तथा सजावट समेत गरेका छन् ।