मनोरञ्जन

गायक ढकाल भए भावुकः भन्छन्, ‘जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले श्रीमती निलम शाहबीच सम्बन्धविच्छेद गरेको खबर सामाजिक सञ्जाल यतिखेर हटकेक बनिरहेको छ । उनीहरू बीच यस अघि कुनै पनि प्रकारको पारिवारिक कलह एवम् खटपट भएको खबर सार्वजनिक नभएकाले पनि यो खबर धेरैको लागि अप्रत्याशित बन्न पुग्यो ।

न्यायाधीश विदुर कोइरालाको इजलासमा जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती शाहबीच सम्बन्धविच्छेद भएको हो ।

उनले आफ्नो अफिसियल फेसबुक एकाउन्टमा श्रीमतीसँगको फोटो हालेर ‘लभ रियाक्ट’ सहित लेखेका छन्, ‘अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’