पु.समाचार

उद्योगीको लाइन नकाट्न प्रधानमन्त्रीको निर्देशन, कुलमान निरिह

७ पुस, काठमाडौं । उर्जामन्त्री वर्षमान पुनको अध्यक्षता रहेको संचालक समितिवाट निर्णय गरेर डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न उद्योगीहरुलाई अन्तिम चेतावनी दिँदै पत्र काटे पनि प्रधानमन्त्रीले रोक्न आदेश दिएका छन् ।

उद्योगीहरुलाई काटेको पत्रमा बाँकी रहेको महसुल नतिरेमा लाइन काटिदिने उल्लेख छ । तर प्रधानमन्त्रीले तत्काल लाइन नकाट्न निर्देशन दिएको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । प्रधानमन्त्रीको आदेशसँगै उद्योगहरुमा लाइन काट्न तयार भएको प्राधिकरण र प्रवन्ध निर्देशक कुलमान घिसिङ् अहिले पछाडी हटेको छ । शिवम् सिमेन्टले १ अर्ब २१ करोड रुपैयाँ भन्दा तिर्न बाँकी बढी छ ।