आर्थिक

सन्राइज बैंकको मदनपुरमा र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

नवलपुर । सन्राइज बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । माबफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमार वर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा एक समारोहक बीच मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

सोही दिनका वासो तीन गरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक िबद्यालयको प्रधानअध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा एक समारोहका बीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सीले बैंकले कृषिक्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंक मार्फत उक्त कार्यहरु निश्चित रुपमा प्रदान गर्ने प्रतिबद्घताव् यक्त गरे ।

हालसम्म सन्राइज बैंकले १२८ वटाशाखा,४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्नाकरिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।