समाचार

पाटनकी सुनिता लामाले पाइन हिराको हार

काठमाडौं । सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको छ ।

तेस्रो लक्की ड्र अन्तर्गत पाटन निवासी सुनिता लामालाई हिराको नेकलेस हस्तान्तरण गरिएको छ । पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् । पाल्पाका कमल नेपालले हिराको लकेट जितेका छन् । त्यसैगरी राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप जितेका छन् । सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको तेस्रो लक्की ड्र विजेताहरुको नाम यहीँ ३० गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नुहुन कम्पनीले आग्रह गर्दछ । साथै नियम र शर्तहरु लागू हुनेछ ।