आर्थिक

सिभिल बैंकको मुनाफाबाट ६.५७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

सिभिल बैंक लिमिटेडको ९औं वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैया मात्र नगदलाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको जानकारी दिए ।

सभाले आ.व. २०७६/०७७को लेखा परिक्षण गर्नको लागि NBSM& Associates लाई लेखा परिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वाप्राप्ति (एक्विजिसन ) गर्ने/हुनेवा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमाजानआवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

सिभिलबैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षितबनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।