खेलकुद

पिपीएल : विराटनगरसँग पोखरा ४५ रनले पराजित

काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले हराएको हो ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले २४ तथा आसिफ शेखले १३ रन बनाए । बलिङतर्फ विराटनगरका किशोर महतोले तीन तथा जयद आलम र जितेन्द्र मुखियाले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहराले अविजित ६१ रनको योगदान दिए । उनले २६ बलमा चार छक्का तथा पाँच चौका हाने । सुनिल धमलाले ३६ तथा मोहमद जायद आलमले २६ रन बनाए । बलिङतर्फ पोखराका कप्तान शरद भेषवाकरले दुई विकेट लिए ।