अन्तर्राष्ट्रिय

यस पहिले तीन अमेरिकी राष्ट्रप्रमुखविरूद्ध दर्ता भएको थियो महाअभियोग प्रस्ताव

एजेन्सी, राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीन अन्य राष्ट्रपतिले महाअभियोग प्रक्रियाको सामना गरेका थिए । तर कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन । रिचर्ड निक्सनले महाभियोगको चर्चापछि राजिनामा दिइएको थियो । महाअभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रु जोनसन एक मतले महाभियोगबाट बचेको थियो । उनले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद (कङ्ग्रेस) मा द्वन्द्वको सामना गर्नुपरेको थियो । कङ्ग्रेसले दक्षिणी राज्यका प्रतिनिधिद्वारा मतदान गरी निर्माण गरेका जातीवादी कानून ‘ब्लाक कोड’सहित जोनसनको पहलमा निर्माण भएका सबै कानूनमाथि ‘भिटो’ शक्ति लगाएको थियो ।

उक्त राजनीतिक सङ्कटमा जोनसनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गरेको थियो जसका कारण उनीमाथि महाभियोगका लागि संसदमा प्रस्ताव गरिएको थियो । यो नै संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोगप्रस्ताव थियो ।

सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसदको तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो । यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो । तर एक महिनाको सुनुवाईपछि सिनेटले मे महिनामा गरेको महाअभियोगप्रस्ताव पारितका लागि मतदानमा दुई तिहाई पुग्न एक मत नपुगेपछि जोनसनको राष्ट्रपति पद जोगिएको थियो ।

उनले दोस्रो कार्यकालका लागि पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्न विफल भएको थियो ।

त्त्यसैगरी रिपब्लिकन राष्ट्रपति निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनः निर्वाचन हुनका लागि वासिङ्टनस्थित वाटरगेट भवन, जहाँ डिमोक्रेटिक पार्टीको मुख्यालय थियो, मा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको इन्भेष्टिगेटिभ रिपोर्टिङ (खोजी पत्रकारिता) को समाचार आएको थियो । उनले उक्त घटनालाई अनुसन्धान गर्नमा रोक लगाएपछि अमेरिकी अदालतले उनको कार्यालयमा भएको वार्तालापको गोप्य रेकर्डमा चोरीका लागि उ र उनका वरिष्ठ सल्लाहकारको नै सम्लग्नता भएको प्रमाण अदालतले चोरसँग लिएको वयानमा उपलब्ध भएपछि नीमाथि महाअभियोग लगाउने पक्का भएको थियो । तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्थामा अन्तिममा आएर उनले अगस्ट ९ गते राजिनामा दिएको थियो ।

सन् १९९९ मा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेर कम भएकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो वयान दिएको आरोप लागेको थियो । तर क्लिन्टनको दलले उनीविरूद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरूद्धको आरोप भने पुष्टि हुन सकेको थिएन । क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट विदा भएको थियो ।