मनोरञ्जन

राष्ट्रिय सम्मानसहित अभिनेता भट्टराइको दाह संस्कार

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता केशव भट्टराईको राष्ट्रिय सम्मानसहित दाह संस्कार गरिएको छ । सनातन हिन्दू परम्परा अनुसार सोमबार अपरान्ह पशुपति आर्यघाटमा उनको दाह संस्कार गरिएको हो । 

त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । अन्तिम श्रद्धान्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कांग्रेस नेता शेखर कोइरालाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

भट्टराई उच्च रक्तचाप र सुगरका बिरामी थिए । ५२ वर्षका भट्टराईको हृदयघातका कारण आइतबार राति निधन भएको ओम अस्पतालले जनाएको छ ।

टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले  अभिनय गरेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘देवर बाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘यात्रा’ लगायत चलचित्र निर्माण गरेका थिए । भट्टराईको एक छोरा र श्रीमती छन् ।