पु.समाचार

सामाखुशीमा दुईवटा बस एकआपसमा ठोक्किए..

काठमाडौं । काठमाडौं महानगरपालिका स्थित् सामाखुशीमा दुईवटा बस एकआपसमा ठोक्किएका छन् । आज(सोमबार) साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

बस ठोक्किदा केही मानिस च्यापिएको अवस्थामा रहेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनको अनुसार उद्दारका प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे थप विवरण आउन् बाँकी छ ।