आर्थिक

“मुक्तिनाथ विकास बैंक लि.को तेह्रौं वार्षिक साधारण सभा सम्पन्न”

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि. ले मिति २०७६ मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६(बोनस सेयर सहित) १८.५३प्रतिशत लाभाँस वितरण गर्ने सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य  राखेका छन्।

सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु  खगेन्द्रराज रेग्मी र श्री मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

यस वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमाश्री भरतराज ढकाल,गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ,  निर्मला कुमारी के.सी. (कार्की) र  शालिग्राम मिश्र को चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।