आर्थिक

एनसीएचएलद्वारा connectRTG कार्यान्वयन

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले २४ कमर्सियल बैंकहरु connectRTG प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ ।

आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुले connectRTG लाई गेटवेको रुपमा प्रयोग गर्ने छन् । अधिकांश बैंकहरुले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्ट्नरको रुपमा नियुक्त गरेका थिए जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागी आवश्यक सिस्टमहरु त्था बैंकहरुलाई स्वसंचालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।

आरटीजीएस प्रणालीमार्फत ठूलो मुल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिको लागी एनसीएचएलद्वारा प्रदान गरिएको connectRTG बैंक तथा वित्तिय संस्थाहरुको बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छौटलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथावित्तिय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, PSP/PSO अन्य सेवाप्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सन्चालनमार्फत समग्र बैकिङ्गक्षेत्रलाई सहयोग पुर्याइरहेको छ । र एनसीएचएलको connectRTG थप प्रणाली हो जसले उद्योगलाई न्यूनशुल्कमा सहयोग पुर्याउदै आएको छ ।

एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित connectRTG र वित्तिय संस्थाहरुका लागी न्यूनमुल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा “क” वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्विकृती पश्चात यसलाई “ख” तथा “ग” वर्गका वित्तिय संस्थाहरुलाई पनि उपलब्ध गरिने छ ।

एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरुमध्ये विद्युतिय चेक क्लियरिङ्ग(NCHL-ECCअन्तरबैंक भुक्तानी प्रणाली (NCHL-ECC), connectIPS e-Payment प्रणाली र National Payments Interface संचालन गर्दै आइरहेको छ जसअन्तर्गत ७५ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु र २० भन्दा बढि PSPs/PSOs  लगायत गैर–बैंकिङ संस्थाहरु सदस्यरहेका छन् ।