पु.समाचार

पौडेल समूहको बहिस्कारसँगै कांग्रेसको केन्द्रिय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको केन्द्रिय समिति बैठक स्थगित भएको छ । आज(सोमबार) का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो । 

अर्को बैठक पुस २ गते दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् । पौडेल समूहले आज पनि बैठक बहिष्कार गर्ने भएपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको बताइएको छ । 

संस्थापन पक्षसँग असन्तुष्ट पौडेल पक्षसँग पर्सि(पुष २) सम्म वार्ता गर्ने प्रतिबद्धतासहित सभापति देउबाले आजको बैठक स्थगित गरेको स्रोतले जनाएको छ । 

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठक  आज पनि बहिस्कार गरेको हो ।