अन्तर्राष्ट्रिय

महिलाहरू अग्रपंक्तिमा आउने हो भने विश्वको जीवनस्तर उकासिन्छ – बाराक ओबामा

एजेन्सी । पछिल्लो समय ‘स्कुल अफ थट’मा आधारित महिलालाई केन्द्रविन्दु बनाएर महत्त्वपूर्ण लेख, विचार विमर्श साथै गोष्ठी एवम् कार्यक्रमहरू मुलुकभर सन्चालन हुँदै आइरहेका छन् । ‘पहिले मान्छे अनि स्वास्नी मान्छे’, ‘हामीलाई किन  कहिल्यै मान्छे मानिएन ?’ लगायतका विभिन्न प्रश्नहरू मार्फत महिलाभित्रको स्वलाई जगाउने र महिला सशक्तीकरणलाई बलियो बनाउन यस्ता कार्यक्रमहरू संचालन हुनुपर्ने महिलावादी आन्दोलनका अगुवाहरूको मात्रै नभई हरेक सामाजिक प्राणिको प्रमुख एजेन्डा बनाइनु नितान्त आवश्यक देखिन्छ।

नेपाली समाज र राज्य रूपान्तरणको बहसकै हाराहारीमा पछिल्लो समय महिला सामर्थ्य पहिचानको विषयमा विभिन्न कार्यक्रम हुनुले महिला अधिकार प्राप्तिको लागि महत्वपूर्ण आधार निर्माण गरेको छ ।

यहाँ मात्रै नभई प्रायश: विश्वका अधिकांश मुलुकहरुमा पनि महिलाई हेर्ने सामाजिक मान्यता र महिलामाथि गरिने आर्थिक, सामाजिक, राजनीतिक विभेदकारी राज्यव्यवास्था माथि लगातार प्रश्न उठिरहेको छ । अहिलेजस्तो पारिवारिक निजात्मक समाज अर्थात् शिक्षित परिवार समेत राजनीतिक ध्रुवीकरण र सामाजिक सञ्जालमार्फत यियस्ता घटनाका फरक-फरक प्रसंगहरू सार्वजनिक गरिरहेका छन् ।

मानव सभ्यता विकासक्रमको निकै लामो समयसम्म महिलाहरूको अग्रता रहेको हाम्रो समाज जसै पुरुषहरूको हातमा आइपर्यो, समयको अनुहारभरि बर्बरता र युद्धले लखेटिएका डोबहरू लिएर छटपटी रहेको प्रष्ट नै छ । पूर्वीय समाजमा महिलाप्रतिको सामाजिक दृष्टिकोण निर्माण कसरी भयो ? त्यसमा समयक्रममा कस्तो परिवर्तन आइरहेको छ ? यस्ता विभिन्न प्रश्नहरूको जवाफ  मदनमणि दीक्षितको ‘माधवी’, अर्चना थापाले सम्पादन गरेको ‘स्वअस्तित्वको खोज’ आदि नेपाली पुस्तकहरूले दिनेछन् ।

यसैबीच अमेरिकाका पूर्व राष्ट्रपति बारक ओबामाको भनाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । उनले सिंगापुरमा भएको आबोमा फाउन्डेसनको कार्यक्रमा आफ्नो भनाइ राखेका थिए- “विश्वभरमा सबै देशका महिलाहरू अग्रपंक्तिमा आउने हो भने विश्वको जीवनस्तर नै उकासिनेमा म पक्का छु ।” उनले महिलाहरु पूर्ण नभएपनि पुरुषभन्दा विवादरहित रुपमा राम्रो भएको जनाएका छन् । उनले विश्वको सबैभन्दा समस्या भनेको वृद्ध पुरुष जो शक्ति लिएर बसेका छन् उनीहरु नै भएको जनाएका छन् ।

उनले विश्व हाक्ने जिम्मेवारी महिलाहरूले पूर्णरुपमा पाए भने विश्वको अवस्था वर्तमानको भन्दा निकै सुधारोन्मुख हुनेमा आफू ढुक्क भएको समेत बताएका थिए ।