अन्तर्राष्ट्रिय

मेड्रिडमा सम्पन्न भएको जलवायु सम्मेलनको वातवरणविदहरूले गरे चर्को आलोचना

एजेन्सी । स्पेनको राजधानी मेड्रिडमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा कार्बन उत्सर्जन न्यून गर्ने सम्मेलनमा सहभागी राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । यद्दपी बैठकमा सहभागी मुलुकहरूले कार्बन उत्सर्जन कम गर्ने ठोस प्रतिबद्धता स्कटल्याण्डको ग्लास्गोमा अर्को वर्ष हुने बैठकमा पेश गर्नेछन्।

पूर्वनिर्धारित समयभन्दा थप दुई दिन र रातको सहमति प्रयासपछि  ग्लास्गोमा हुने सम्मेलनमा कार्बन न्यूनीकरण योजना पेश गर्न सबै प्रतिनिधि सहमत भएका हुन् । सबै पक्ष विज्ञानले भनेको जलवायु परिवर्तनको खतरा सम्बोधन गर्न तयार देखिएका छन् । यसैगरी कार्वन मार्केट सम्बन्धी विषयपनि अर्को बैठक सम्मका लागि थाति राखिएको छ ।

बैठक सफल भएता पनि वातावरणवीदहरू भने उक्त सम्मेलन विफल भएको जनाइरहेका छन् ।धेरै कार्बन उत्सर्जन गर्ने देशहरूले निर्णायक कारबाही गर्नबाट रोकेको वातावरणवादीहरूको आरोप छ । सबभन्दा धेरै प्रदूषण फैलाउने देशहरूले निर्णायक कारबाही गर्नबाट रोकेको उनीहरूको भनाई छ ।

युरोपेली युनियन तथा साना टापु राष्ट्रहरूले उत्सर्जन कटौतीका थप महत्त्वाकांक्षी लक्ष्यको समर्थन गरेका थिए भने, अमेरिका, ब्राजिल, भारत र चीनसहितका देशले त्यसको विरोध गरेका थिए ।