पु.समाचार

सामुदायिक भवन निर्माण

पोखरा । पोखरा महानगरपालिका–१७ घारीकुलोमा रु २५ लाखको लागतमा तीनतले पक्की सामुदायिक भवन निर्माण सम्पन्न गरिएको छ ।

भवन निर्माणका लागि घारीकुला आमा समूहको रु तीन लाख ११ हजार १११, घारीकुलो टोल विकास संस्थाको रु एक लाख सात हजार र बाँकी रकम स्थानीय जनसहभागिता परिचालन गरिएको भवन निर्माण समितिका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।

साढे दुई आना सार्वजनिक जग्गामा निर्माण गरिएको सो भवनको पहिलो तलामा आमा समूह र टोल विकास संस्थाको कार्यालय स्थापना गरिएको छ भने दोस्रोमा सहकारी संस्थालाई भाडामा दिइनाका साथै तेस्रो तलामा बहुद्देश्यीय सभा हल सञ्चालन गरिएको छ ।

भवन निर्माणसँगै सो स्थानमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग पुगेको घारीकुलो आमा समूहका सल्लाहकार आशमती श्रेष्ठले जानकारी दिए ।