समाचार

देउवा र पौडेलको असमझदारी हटाउन गणेशमान निवासमा सिंह र निधिसहितका नेताहरुको बैठक

काठमाडौं । नेपाली काँग्रेसभित्र सभापति देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पछिल्लो राजनीतिक घटनाकम्र अनुसार बढ्दै गएको दूरी कम गर्ने उद्येश्यका साथ उपसभापति निधि, पुर्ब महामन्त्री प्रकाशमान सिंह, पुर्व सहमहामन्त्री दिलेन्द्र प्रसाद बडु, नेता हृदयराम थानी सिंह निवास चाक्सीबारीमा बैठकमा सहभागी भएका छन् ।

बरिष्ठ नेता पौडेलले सभापति देउवा र उपसभापति निधिसँगको वार्तामा महाधिवेशनको कार्यतालीका बनाउन बाहेकमा सहमती हुन नसक्ने बताएपछि उपसभापति निधिलाई वार्ताका लागि खटाएका छन् भने बरिष्ठ नेता पौडेलले प्रकाशमानको नेतृत्वमा आफूनो समूहलाई वार्ताका लागि खटाएका छन् ।

दुई टोलीबीच दूरी घटाउने बिषयमा पटक पटक अनौपचारिक वार्ता भएपनि सहमती हुन सकेको छैन । बरिष्ठ नेता पौडेलले केन्द्रीय समिति बैठक बहिस्कार गरेर ताप्लेजुङ्ग स्थीत पाथीभरा माताको दर्शन गर्न स–परिवार लागेका छन् । आज दिउँसो हुने बैठकमा समेत बरिष्ठ नेता पौडल उपस्थित नहुने पौडेल निकट स्रोतले बतायो । बैठकमा उपस्थित भएर संस्थापन पक्षले पेश गरेका एजेण्डाहरु सर्बसम्बत् पास गराउन प्रयास गर्ने राणनीतिमा देउवा समूह छ भने आफ्ना एजेण्डा पास नभए सभापति देउवालाई कुर्नै हालतमा अगाडी बढ्न नदिने रणनीतिमा पौडेल पक्ष छ । सहमतीको बिनदू खोजेर निधि र सिंहले दुई पक्षलाई मिलाउने प्रयास गरिरहेको पछिल्लो राजनीतिक घटनाक्रमले देखाउछ ।

१४ औं महाधिवेशनको कार्यतालीका सार्बजनिक नभए कुनै हालतमा सभापति देउवासँग संगै नहिँड्ने पक्षपा पौडेल पक्ष रहेको छ ।