समाचार

झरीले काँचो इँटा नष्ट

वीरगञ्ज । बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पुर्याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव र्रु १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पु¥याएको छ ।

इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले झरीले पोल्न तयारी अवस्थामा राखिएको इँटा नष्ट पारेको बताए । उनले भने, “एक महिनादेखि मजदूर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ ।

बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ । आर्थिक समस्या आइपरेको छ । ”यी दुई जिल्लामा करिब २०० इँटा उद्योग रहेका छन् । इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको छ ।

मजदूरलाई काम गर्नुपूर्व नै भुक्तानी दिनुपर्ने कारण समस्या परेको उनीहरुले जनाएका छन् । भारतका विहार, उत्तर प्रदेश लगायत क्षेत्रबाट काम गर्न मजदूर उद्योगमा आउने गर्दछन् ।