प्रवास

गो ब्याक ईंडीया भन्दै ह्वाटहाउस अगाडि नै चर्किए अमेरीकामा बस्दै आएका नेपालीहरु

काठमाडौं । गो ब्याक ईंडीया भन्दै अमेरीका स्थित ह्वाटहाउस अगाडीनै नेपालीहरुले नारा चर्काएका छन् । नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेस गरी भारतने नयाँ नक्सा सार्वजनीक गरेदेखी आक्रामक बनेका नेपाली मुलुक बाहिर रहेर पनि त्यस्को बिरोध जनाई रहेका छन् ।

केहि समय अघि भातले नेपालका विभिन्न भूमि समावेश गरी आफ्नो नक्सामा सार्वजनीक गरेको थियो । जसको बिरोधमा सर्बत्र आन्दोलनहरु भैरहेका छन् भने भारतिय दुतावासमार्फत विभिन्न निकायमार्फत पत्रहरु पठाईएका छन् ।

नेपालमा पनि विभिन्न विद्यार्थि संगठनहरुदेखी लिएर देशभक्ति नेपालीहरुको भूमि फिर्ताको माग गर्दै आन्दोलनमा छन् । यसैक्रममा अमेरीकामा वस्दै आएका नेपालीले अमेरीकामा पनि यसको बिरोध जनाएका छन् ।

भारतले नेपाली भूमि मिचेको बिरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले बिरोध तथा प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो ।

अमेरीकि राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक घुमेर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।

साथै बिरोधमा उत्रिएका नेपालीले मात्रुभाष नेपाली र अंग्रेजि दुवै भाषाको नारा लेखिएका प्रचार सामाग्रिहरु देखाएका थिए । राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए ।

अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट भारत विरोधी नारासहित गरिएको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्न सफल भएको बिरोध जुलुसका संयोजक तथा बानाका पूर्वअध्यक्ष कुलमणि आचार्यले बताएका छन् ।

कार्यक्रममा ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’ का अगुवाई गर्ने समाजसेवी तथा एएनएका पूर्वअध्यक्ष रोजर अधिकारी, एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी तथा सीमाविद बुद्धिनारायण श्रेष्ठले संक्षेपमा भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महतले देशभक्तिपूर्ण ओतप्रोत भएको गीत सुनाएका थिए भने लोकगायक रामप्रसाद खनालले भारतलाई व्यंग्य गर्ने कविता वाचन गरेका थिए ।

यसैगरी डिसी क्षेत्रका कलाकारद्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत प्रस्तुत गरेका थिए । महिलाहरुले पनि देशभक्तिपूर्ण कविता वाचन गरेका थिए ।