पु.समाचार

सडक निर्माण ढिलाईले भएका दुर्घटना नियन्त्रणमा सरकार जवाफदेही हुनु जरुरीः डा. कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले ठेकेदारको लापरबाहीका कारण खाडीचौर – चरिकोट सडकको काम अत्यन्तै सुस्त गतीमा भैरहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता कोईरालले ठेकेदाको लापरबाहीका कारण दैनिक सयौं यात्रुहरुले समस्या ब्यहोर्दै आईरहेको भन्दै यस्ता समस्या देशैभर रहेकाले राज्यले कडाईका साथ नियमन र अनुगमन गर्न जरुरी रहेको बताएका छन् । उनले र्दुघटना न्यून गर्न सरकार लागि पर्नुपर्ने र यस्ता घटनाको जिम्मेवार सरकार हुनुपर्ने संकेत गरेका हुन् । 

यस्तै नेता कोईरालाले सिन्धुपाल्चोक बस दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन् । यस्तै दुर्घट्नाका घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रती श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

उनको ट्वीटरः ठेकेदारको लापरबाहीका कारण खाडीचौर ( चरिकोट सडकको काम अत्यन्तै सुस्त गतीमा भैरहेको छ। जसका कारण दैनिक सयौं यात्रुहरुले समस्या ब्यहोर्दै आईरहेका छन।यस्ता समस्या देशैभर छन्।यस्ता बिषयमा राज्यले कडाईका साथ नियमन र अनुगमन गर्न जरुरी छ।

 

उनको ट्वीटरः  दोलखाको कालिन्चोक दर्शनबाट भक्तपुर फर्कदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोक, सुनकोशी गाउॅपालिकाको छकिलोमा दुर्घट्ना भएको खबरले स्तब्ध बनाएको छ। दुर्घट्नाका घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रती श्रद्धाञ्जली ब्यक्त गर्दछु।।।।।