राजनीति

डा भट्टराईको सरकारलाई प्रश्नः नेपाल–भारत सीमा विवादको वार्तामा सरकार कहाँ हरायो ?

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली भूमिको रक्षा गर्नु सम्पुर्ण नेपालीको दायित्व भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेपाली भूमि र  सीमाको रक्षा कुनै महापुरूष, पार्टी वा जाति विशेषको मुद्दा नभएर सबै देशभक्त नेपालीको साझा मुद्दा भएको उल्लेख गरेका छन् ।

साथै यो विषयलाई भजाएर सत्तामा पुग्ने र सत्तामा पुगे पछि कुम्भकर्णे निद्रामा पर्ने प्रवृत्ति घातक रहेको उनको ट्वीटरमा उल्लेख छ । दई तिहाईको सरकारको नेतृत्व किन चीर निद्रामा छ ? किन भएन वा कहाँ पुग्यो वार्तारु जानकारी चाहियो भन्दै उनले सरकारलाई प्रश्न गरेका छन् ।

उनको ट्वीटरः नेपाली भूमि/सीमाको रक्षा कुनै महापुरूष, पार्टी वा जाति विशेषको मुद्दा नभएर सबै देशभक्त नेपालीको साझा मुद्दा हो१यसलाई भजाएर सत्तामा पुग्ने र सत्तामा पुगे पछि कुम्भकर्णे निद्रामा पर्ने प्रवृत्ति घातक छ ! २–३सरकारको नेतृत्व किन चीर निद्रामा छ ? किन भएन वा कहाँ पुग्यो वार्तारु थाहा चाहियो !