राजनीति

काँग्रेस एकढिक्का भएर कम्युनिष्ट बिरुद्ध एकजुट हुन ढिला गर्नुहुन्नः नेता रोमी गौचन

काठमाडौं । नेपाली काँग्रेसका नेता एबम् पूर्वमन्त्री रोमी गौचन थकालीले नेपाली काँग्रेसले सच्चिनुपर्ने समय आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका छन् । नेता थकालीले नेकपा दुईतिहाई मतको सरकार अधिनायकबादतर्फ उन्मुख भएको अनि यसले देश, जनता, कार्यकर्ताहरुको भावना र चाहना र लोकतान्त्रीक पद्वति स्थायित्वको लागि एक भएर उभिन सक्नु हुन्न ? भन्दै प्रश्न गरेका छन् । नेता गौचनले बेलैमा सोच्न आग्रह गर्दै गुटगत राजनितिवाट माथि नउठे जनता, कार्यकर्ता र इतिहासले तपाईंहरूलाई माफ गर्न गार्हो हुने दाबी गरेका छन् ।

उनको स्टाटस्ः
आदरणीय नेतागण
नेपाली काङ्रेस
तपाईहरूको आफ्नै भनाइ अनुसार दुई तिहाइको नेकपाको
सरकार अधिनायकवाद तर्फ ऊन्मुख छ भने, किन तपाईहरू देश, जनता, कार्यकर्ताहरुको भावना र चाहना र लोकतान्त्रीक पद्वति स्थायित्वको लागि एक भएर उभिन सक्नु हुन्नरु यस्तो अवस्थामा पनि गुटगत राजनितिवाट माथि नउठे जनता, कार्यकर्ता र इतिहासले तपाईंहरूलाई माफ गर्न गार्हो हुने छ। वेलैमा चेतना भया……