अन्तर्राष्ट्रिय

एकाएक हिँड्दै हिँड्दै जब लड्न पुगे मोदी..

एजेन्सी ! हाल भारतमा नागरिकता संसोधन विधेयकलाई लिएर आसाम लगायतका क्षेत्रमा विरोध प्रदर्शन जारी छ । गत सोमबार तल्लो सदनबाट पारित भएको उक्त विवादास्पद विधेयकलाई गृहमन्त्री अमित शाहले राज्यसभामा पेश गरे । राज्यसभाबाट पनि पारित भएसँगै सो विधेयकलाई लिएर विभिन्न स्थानमा झडप एवम् हिँसा जारी छ ।

यसैबीच सामाजिक सञ्जालमा भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियोले चर्चा कमाइरहेको छ । लाखौँ सेयर र सोहि बराबरमा कमेन्ट पाईरहेको उक्त भिडियोमा सिँढी चढिरहेका मोदी लड्न पुगेका छन् । त्यस पश्चात उनका अंग रक्षकले उनलाई उठाएको भिडियोमा देख्न सकिन्छ ।

प्रधानमन्त्री मोदी हिजो उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुन पुगेका थिए। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको थियो। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।

जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी उनी लड्न पुगे। डेडी टेलिभिजनले लाइभ गरेको उक्त भिडियोमा प्रधानमन्त्री मोदी छिटोछिटो हिडिरहेका देखिएका छन् ।

Sunil kumar@TweetsOfSunil

PM falls down the stairs in at Atal ghat in U.P’s Kanpur.

He fell down on the stairs of after he returned to the shore after taking a boat ride scheduled to inspect the cleanliness of the river under the Project.

Embedded video