पु.समाचार

सतुङ्गलको गौरीशकंर पेन्ट्समा आगलागी

काठमाडौं । काठमाडौंको सतुङ्गलमा रहेको गौरीशकंर पेन्ट्स कारखनामा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमारविक्रम थापाले बताएअनुसार  कारखानामा करेन्ट सर्ट भएर आगलागी भएको हो  ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा  हाल  गौरीशकंर पेन्ट्समा लागेको आगलागी नियन्त्रणमा लिइएको छ । गौरीशंकर पेन्ट्सका सञ्चालक आनन्द रौनियारले प्रहरीको सक्रियता र नगरपालिकाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको बताए ।

राैनियारका अनुसार आगलागीबाट कारखानामा रहेको रङ बनाउने मेशिन, केमिकल, कारखानाको मेशिन, कागजपत्रलगायतका सामान जलेर नष्ट भएका छन् ।

कारखानामा लागेको आगो काठमाडौं महानगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

आगलागीवाट के कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।