समाचार

कृष्णा ताम्राकारलाई “कम्यूनिकेटर अवार्ड ”

काठमाडौं । नेपाल टोस्टमास्टर्सले हरेक बर्ष साइटेशन आयोजना गर्दै आइरहेको छ । गत शनिबार मंसिर २१ गते आयोजित कार्यक्रममा नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ ।

८२ वर्षिया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि “आशा” भन्ने रेडियो कार्यक्रम चलाउछिन् । उनी ३१ वर्षसम्म रेडियो नेपालको आवाज थिइन र धेरैले उनको प्रसिद्ध शुरुवात याद गर्दछन् “ यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।” यो अवार्ड हरेक वर्ष एक जना गैर–टोस्टमास्टर्स सदस्यलाई उनको देशप्रति सञ्चार र नेतृत्वको योगदानका लागि सम्मान गर्दै प्रदान गरिन्छ ।