आर्थिक

प्रभु बैंक र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक सम्झौता सम्बन्धी

काठमाडौं । आज प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लबविच प्रभु बैंक लि. जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि. कातर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबकातर्पmबाट अध्यक्ष महेन्द्र क्षेत्रीले आज एक समारोहका विच हस्ताक्षर गरेका छन् ।

जावलाखेल युवा क्लबसँगको सम्झौतापश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक लि. रहनेछ । बैंकले आप्mनो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगदरु. २५ लाख उपलब्ध गराउने छ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक लि. रहनेछ ।

जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक लि. जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंक लि. मा आप्mनो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् सञ्चाल नगर्ने छ ।

जावलाखेल युवा क्लबको खेलकुद मैदानमाप्र भु बैंक लि. को ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचारप्रसार गर्नेछ । जावलखेल युवाक्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउने छन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंक लि. को विज्ञापन प्रशारण गर्नेछ ।

प्रभु बैंक लि. र जावलाखेल युवाक्लबविच सम्पन्न यस सम्झौताले जावलाखेल युवाक्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदा नपुग्ने बैंकले विश्वास लिएको छ ।