राजनीति

शुरु भयो कांग्रेसको केन्द्रीय समिति बैठक, पौडेल समूहद्वारा बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच पनि कांग्रेसको केन्द्रिय समिति बैठक शुरु भएको हो । 

पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र  पौडेल समूहले बैठक  बहिस्कार गर्ने निर्णय गरेसँगै कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको हो ।  पौडेल समूहलाई सहमतिमा ल्याउने दुई दिनको प्रयास विफल भएपछि बैठक शुरु गरिएको स्रोतले बतायो । 

यसअघि शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमति नजुटेमा पनि आइतबारको बैठक नसर्ने बताएका थिए ।“सहमति भएन भने पनि बैठक बस्छ । संस्थापन पक्षले विवाद नभएक प्रस्तावहरू आइतबारको बैठकबाट पारित गर्छ,” उनको भनाइ थियो । 

संस्थापन पक्षले विवादित विषयमा फेरि पौडेल समूहसँग छलफल गर्ने मनस्थिति बनाएको छ ।