अन्तर्राष्ट्रिय

फ्रान्समा आँधी, बाढी र पहिरोका कारण ६ सयभन्दा बढी विस्थापित

एजेन्सी । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने थप ५ जना सख्त घाइते भएका छन् । घाइते ५ मध्ये २ को अवस्था गम्भीर रहेको स्थानीय समाचार एजेन्सीले जनाएका छन् ।

 उक्त आँधीका कारण  हजारौं घर विद्युतविहीन भएको छ भने सवारी आवागमन समेत अवरुद्ध बनेको छ ।

शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरमा विद्युतुसेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत कटौती भएको अधिकारीले जनाएका छन् ।

उपभोक्तलाई विद्युत् सेवा चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको छ । आँधी, बाढी र पहिरोका कारण ६ सयभन्दा बढी विस्थापित भएका छन् ।