आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंंघले आइतबार दिएको जानकारीअनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार ३ सय र तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ  । शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ७० हजार ८ सय र तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।