पु.समाचार

पुरा समय पनि बैठकमा बस्न नसक्ने प्रधानमन्त्री ज्यू राजीनामा दिनुस् !

सबि खड्का/नेकपा सचिवालय बैठकमा केहीबेरमात्र उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वास्थ्य रहेको नेताहरुलाई जानकारी गराए । बैठकमा केहीबेरमात्र बस्न सकेका नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीओलीले आफ्नो स्वस्थ्य ठीक रहेको बताइएपनि उनी बैठकमा केहीबेरमात्र बस्न सक्नुले स्वस्थ्य छैनन् भन्ने प्रमाणीत हुन्छ । आखिर प्रधानमन्त्री केपी शर्मा ओलीले किन राजीनामा दिदैनन् त ? किन उनी बिरामी भएर सिकिस्त हुँदा समेत प्रधानमन्त्रीको पद ओगटेर बस्छन् त ? कि नेकपामा ओली बाहेक कोही छैनन् प्रधानमन्त्री हुन योग्य उम्मेद्वार ? कि ओलीमा जिवनको उत्तरार्धमा पद लोलुपता आएको हो ? यावत प्रश्नहरु जनतामाझ तेर्सिरहेका छन् , पछिल्लो राजनीतिक विकास क्रममा !

१२ बर्ष अगाडी नै बिरामी परेका प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था अन्तिम समयमा जटिल बन्दै गएको देखिएको छ । ग्राण्डी अस्पताल, मनमोहन कार्डियोलोजी शिक्षण अस्पताल महाराजगंज मा पटक पटक डाईलसिस र एपेन्डिसाइटिस गराएका प्रधानमन्त्री ओली चर्को स्वरामा तुरुन्त कडा प्रतिकृया दिने नेतामा पर्छन् । उनी पछल्लो समयमा स्वस्थ्य अवस्था बिग्रिएका कारण नै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लग्दा समेत त्यस बिषयमा राम्रारी बोलेका छैनन् ।

उप निर्बाचनमा प्रधानमन्त्री केपी शर्मा ओली प्रायः निश्किृय नै देखिए । पछिल्लो समयमा कार्यकारी अध्यक्षको रुपमा पुष्पकमल दहाललाई दिएपनि केपी शर्मा ओली नेकपाका प्रथम अध्यक्ष नै हुन् । देशमा भ्रष्टाचार जस्ता अपारधले जरा गडिसकेको छ । संघीय गणतन्त्र संबिधानमा नै ब्यवस्था भएपनि त्यसको कार्यान्वयन भईसकेको छैन । देशको इतिहासमा नै निर्बाचित रुपमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा दुईतिहाई मत ल्याउन सफल नेकपाका अध्यक्ष चुपचाप रहँदा देश नै सुत्ने गथर्दछ । जनताले गरेका विकास निर्माणका आशाा त्यतिकै सेलाएर जाने सम्भावना छन् । त्यसैले प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएर आफ्नै पार्टीका अरु कुनै स्वस्थ्य नेतालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न लविङ गर्न जरुरी दिखिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना सबै नेपालीले गरेपनि देशको दैनिक महत्वपूर्ण कार्य संचालन गर्न अप्ठेरे महशुस गर्दै जनताले गरेको राजीनामाको माग पनि प्रधानमन्त्रीले स्वीकार गर्दा राम्रो हुने देखिन्छ ।

देशलाई शारिरिक र मानशिक रुपमा स्वस्थ्य प्रधानमन्त्रीको जरुरी छ, हप्प्तामा एकपटक अस्पताल धाउने र एउटा बैठकमा पनि पुरा समय स्वस्थ्यका कारण बस्न नसक्ने होईन भन्ने जनताले आवाज उठाउन थालिसकेका छन् ।