समाचार

सुनकोशी नदीको बेलिब्रिज सञ्चालनमा

गाईघाट । गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ ।

उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना सवारीका साधन सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिएका छन् ।

नौ वर्षअघिदेखि निर्माण शुरु भएको सुनकोशीको पक्की पुल अझै पनि निर्माण सम्पन्न हुन सकेको छैन । सुनकोशीमा पानीको बहाव बढ्नासाथ बेलिब्रिज खोलिने र हिउँदमा बेलिब्रिज जडानकार्य शुरु हुने गरेको छ ।